News महिला फुटबलतर्फ पुलिस र आर्मीको विजयी शुरुवात
गोलनेपाल

वालिङ । राष्ट्रिय खेलकुदको महिला फुटबलतर्फ बिहीबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले विजयी शुरुवात गरेको छ । राष्ट्रिय खेलकुदको आधिकारिक उद्घाटन शुक्रबार हुने कार्यक्रम भए तापनि फुटबल लगायत केही खेलहरु भने यसअघि नै शुरु भईसकेका छन् ।

वालिङ खेलमैदानमा भएको दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई शन्यका विरुद्ध ५ गोलले हरायो । त्यस्तै दोस्रो खेलमा आर्मीले मधेश प्रदेशमाथि ६–० को फराकिलो जित दर्ता गर्यो । यो जितसँगै पुलिस र आर्मी दुवैले ३–३ अंक जोड्न सफल भएका छन् ।

प्रतियोगिता अन्तरगत असोज २८ गते शुक्रबार तीन खेलहरु हुनेछन् । जसमा एपिएफ क्लबले प्रदेश १ को सामना गर्नेछ भने अर्को खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशसँग भिड्नेछ । त्यस्तै अर्को खेलमा मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश आमने सामने हुनेछन् ।

 

Post Comments