News कोरियामा प्रथम ग्रीन नेपाल एफसी कप हुने
गोलनेपाल
 
काठमाडौं । दक्षिण कोरियाको दक्षिणी भेग छाङ्वन क्षेत्रमा रहेको नेपालीहरुको फूटबल क्लब ग्रीन नेपाल एफसीले आउँदो अक्टोबर ३० मा "प्रथम ग्रीन नेपाल एफसी कप" फूटसल टुर्नामेण्टको आयोजना गर्ने भएको छ ।
 
'स्वास्थ्य अनि मनोरञ्जनको लागी फुटसल' भन्ने नारासँगै छाङ्वनको खेलमैदानमा हुने सो उक्त टुर्नामेण्ट फुटसल खेलप्रतिको आकर्षणलाई ध्यानमा राख्दै सम्भवत: यो सिजनकै अन्तिम प्रतियोगिता रहेको ग्रीन नेपाल एफसीका संयोजक हेमन्त गुरुङले बताए ।
 
प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः ३० लाख र १५ लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र र उपविजेता टिमले १५ लाख प्रमाण पत्र प्राप्त गर्नेछन् । दुई सेमिफाईनलिष्ट टिमलाई ५/५ लाख कोरियन वोन सहित प्रमाण पत्र प्रदान गरिनेछ भने खेल अवधिभरको उत्कृष्ट खेलाडी र गोलकिपरले नगद १/१ लाख कोरियन वोन सहित ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गर्नेछन् ।
 
प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ३ लाख कोरियन वोन कायम गरिएको छ भने अक्टोबर २३ सम्म टिम दर्ता गर्न सकिने सोही एफसीका सचिव जिनास लामाले जानकारी दिए ।
 
कोरियामा हुने हरेक फूटबल/ फुटसल प्रतियोगिताहरुमा निरन्तर सहभागिता जनाउँदै आईरहेको ग्रीन नेपाल एफसीले यो पटक आफैं प्रतियोगिता आयोजना गरिरहेको सन्दर्भमा "प्रथम ग्रीन नेपाल एफसी कप” फूटसल टुर्नामेण्टलाई सफल बनाउन कोरियामा रहेका सम्पूर्ण संघसंस्था एवं खेलप्रेमी महानुभावहरुमा सहयोगको अपिल गर्दै उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।
Post Comments