News एपिएफको फराकिलो जित, गण्डकीलाई पनि सफलता
गोलनेपाल

वालिङ । यहाँ जारी राष्ट्रिय खेलकुदको महिला फुटबलतर्फ स्वर्णको दावेदार सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले फराकिलो जित हात पारेको छ ।

वालिङ खेलमैदानमा सम्पन्न समूह सी को पहिलो खेलमा एपिएफले प्रदेश नम्बर १ माथि ७–१ को फराकिलो जित निकाल्यो । समूह सी कै अर्को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० ले हरायो ।

शुक्रबार नै भएको समूह बी तर्फको एक मात्र खेलमा मधेश प्रदेश र सुदुरपश्चिम प्रदेशले गोलरहित बराबरी खेल्दै अंक बाँडे । प्रतियोगिता अन्तरगत असोज २९ गते शनिबार पनि तीन खेलहरु हुनेछन् । पहिलो खेलमा एपिएफले कर्णाली प्रदेशको सामना गर्नेछ । दोस्रो खेलमा प्रदेश १ र गण्डकी प्रदेश भिड्ने छन् भने तेस्रो खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेश आमने सामने हुनेछन् ।

 

Post Comments