News एपिएफ र प्रदेश १ सेमिफाइनलमा
गोलनेपाल

वालिङ । राष्ट्रिय खेलकुदको महिला फुटबलतर्फ समूह सी बाट सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र प्रदेश नम्बर १ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

वालिङ खेलमैदानमा सोमबार भएको पहिलो खेलमा एपिएफले घरेलु टोली गण्डकी प्रदेशमाथि ५–० को जित निकाल्यो । दोस्रो खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ६–० ले हरायो ।

यो नतिजासँगै समूह सी बाट गण्डकी र कर्णाली प्रदेश भने बाहिरिएका छन् । उता समूह ए बाट नेपाल पुलिस क्लब र समूह बी बाट त्रिभुवन आर्मी फुटबल क्लब यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । सेमिफाइनल खेलहरु मंगलबार नै हुनेछ ।

(तस्विरः खबरकलम)

Post Comments