News ११औं वनदेवीमाई गोल्डकप कार्तिक ८ देखि (खेलतालीकासहित)
गोलनेपाल

धनुषा । बनदेवीमाई युथ क्लब, बटेश्वर–२, धनुषााको आयोजनामा यहि कार्तिक ८ गतेदेखि ११औं वनदेवीमाई गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सबै तयारी र टोलीहरुको टुंगो लागिसकेको आयोजकले जानकारी दियो ।

साथै आयोजकले प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा कार्तिक ८ गतेका दिन जनसेवी युवा क्लब, महोत्तरी र बिरगंज युनाइटेड, पर्सा भिड्नेछन् । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कार्तिक १७ गतेका दिन हुनेछ ।

बटेश्वर गाउँपालिका, धनुषाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ५० हजार पाउने आयोजकले जानकारी दियो । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार र ट्रफीसहित फाइनलमा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments