News रेडस्टार र आयोजक एनआरटी फाइनलमा भिड्ने
गोलनेपाल

शान्तिडाँडा । यहाँ जारी दोस्रो शुभ दिपावली गोल्डकप २०७९ को फाइनलमा रेड स्टार एफसी र आयोजक एनआरटी, शान्तिडाँडा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनल खेलमा रेडस्टारले युनाइटेड देउमाई युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । रेडस्टारका लागि पहिलो हाफको १३औं मिनटमा सन्त लिम्बुले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा आयोजक एनआरटी शान्तिडाँडाले मिरमिरे एफसीलाई २–० ले हराउँदै फाइनलमा प्रवेश गरेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको १९औं मिनटमा शेखर राईले आयोजकका लागि पहिलो गोल गरे । त्यस्तै अतिरिक्त समयमा अमन लिम्बुले दोस्रो गोल गर्दै आयोजकको जित सुनिश्चित गरे ।

पहिलो सेमिफाइनल खेलमा रेडस्टारका सन्त लिम्बु म्यान अफ द म्याच घोषित भए भने दोस्रो सेमिफाइनलमा आयोजकका बिशाल घलान तामाङ म्यान अफ द म्याच बने । प्रतियोगिताको फाइनल खेल यहि कार्तिक ९ गते बुधबारका दिन रेडस्टार र आयोजक एनआरटीबीच हुनेछ ।

Post Comments