News प्रथम गुप्त स्मृति कप कार्तिक १२ गतेदेखि
गोलनेपाल

चापाकोट । श्री शहदि गुप्त स्मृति प्रतिष्ठान, स्याङ्जाको आयोजनामा २१औं गुप्त दिवसको अवसर पारी यहि कार्तिक १२ गतेदेखि प्रथम गुप्त स्मृति कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

चापाकोट–९, स्याङ्जा स्थित बैडी खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको खेल संयोजक बसन्त बिकले जानकारी दिए । संयोजक बिकका अनुसार यहि कार्तिक ११ गतेसम्म टिमदर्ता गर्न सकिनेछ । साथै टिमदर्ता शुल्क ७ हजार तोकिएको पनि संयोजक बिकले बताए ।

कार्तिक १७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

त्यसैगरी सोही अवसरमा भेट्रान फुटबल प्रतियोगिताको पनि आयोजना गरिने आयोजकले जनाएको छ । भेट्रानतर्फ टिमदर्ता शुलक ५ हजार तोकिएको छ । साथै सहभागि टिमहरुको संख्या अनुसार नै भेट्रानतर्फ पुरस्कार राशीको टुंगो लाग्ने पनि आयोजकले जानकारी दियो ।

 

 

Post Comments