
धरान । १७औ ललित अम्वर डिपो कप फुटबल प्रतियोगिताको उपाधि पुलिस स्कुलले जितेको छ । फाइनलमा पुलिस स्कुलले इस्र्टन एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । पुलिसका लागि दुवै गोल दिव्याङ्गसु विकले गरेका थिए ।
विजेता बनेको पुलिस स्कुलले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता इस्र्टनले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दियो ।
व्यक्तिगत विधातर्फ फाइनल खेलको म्यान अफ द म्याच इस्र्टन स्कुलका आयुष चाम्लिङ घोषित भए । उत्कृष्ट खेलाडी पुलिस स्कुलका यारिन भुजेल, सर्वाधिक गोलकर्ता दिव्याङ्गसु विक, वेस्ट डिफेन्स इस्र्टनका अविनास राउत र उत्कृष्ट गोलकिपर पुलिसका आदित्य राई घोषित भए । उनिहरुले ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्वरवहादुर लिम्वु, विशेष अतिथि लेफ्टिनेन्ट भिमराज लिम्वु, प्रतियोगिता संयोजक एएसपी विरेन्द्रविक्रम लिम्वु, अग्रज पत्रकार एवं युवा नेता भिमज्वाला राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
लेट दिलवहादुर प्लेट च्याम्पियनका विजेता एक्वा स्कुल र उपविजेता वराह राइजिङ्ग स्कुलका खेलाडिहरुलाई समापन कार्यक्रम कै दिन पुरस्कार वितरण गरिएको थियो । प्लेट च्याम्पियनका विजेता एक्वा स्कुलले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरि उपविजेता वराह राइजिङ्गले नगद २ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।