फिदिम । यहाँ शुरु दोस्रो चासो तङनाम कप फुटबल प्रतियोगिता तथा साँस्कृतिक मेलातर्फ महिला फुटबलमा आनी साक्थिम क्लबले विजयी शुरुवात गरेको छ ।
आनी साक्थिमले श्री महादेव गुप्तेश्वर फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी शुरुवात गर्यो । आनी सक्थिमका लागि मनिता तुमरोक र दिक्षा फागोले गोल गरिन् ।
खेलको प्लेयर अफ द म्याच विजयी आनी साक्थिमकी मनिता तुमरोक घोषित भईन् । यो जितसँगै आनी सक्थिम सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत मंसिर १७ गतेको खेल याङनाम फुटबल क्लब र सुकेपोखरी फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
पुरुषतर्फ पनि आयोजकको जित
त्यस्तै पुरुष फुटबलतर्फ पनि आयोजक आनी साक्थिम क्लबले जित निकाल्यो । उद्घाटन खेलमा विपक्षी टोली चोमेन फुटबल क्लब नआएपछि आयोजकले वाकओभर पाउँदै जित हात पारेको हो ।
आनी साक्थिम क्लब, फिदिम, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको पुरुष फुटबलतर्फ विजेताले उपाधिसहित १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँ हात पार्नेछ । त्यस्तै महिला फुटबलतर्फ विजेताले २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश