फिदिम । अजम्बरी एफसी र फुल्पा युनाइटेड एफसी यहाँ जारी दोस्रो चासो तङनाम कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो क्वाटरफाइनलमा अजम्बरीले आयोजक आनी साक्थिम क्लबलाई ५–१ को फराकिलो अन्तरले हरायो । अजम्बरीको जितमा प्रकाश राईले ह्याट्रिक गरे । त्यस्तै थप दुई लक्ष्मण राई र मदन जबेगुले गरे ।
उता आयोजकका लागि सनम फागोले एक मात्र फर्काए । खेलमा ह्याट्रिक गरेका अजम्बरीका प्रकाश राई म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो क्वाटरफाइनलमा फुल्पा युनाइटेडले नव कोपिला एफसीलाई शून्यका विरुद्ध १ गोलले हरायो । फुल्पाका लागि म्यान अफ द म्याच समेत घोषित साजन राईले एक मात्र निर्णायक गोल गरे ।
आनी साक्थिम क्लब, फिदिम–१४, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,१११ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
- तुम्बेवा अध्यक्ष कपमा फक्ताङलुङ,कुम्मायक र तुम्बेवा १ क्वाटर फाइनलमा प्रवेश
- उपेन्द्र निर्णायक बन्दा आयोजक कन्याटार सेमिफाइनलमा
- दोस्रो त्रिशाली गोल्डकपको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ र रेड हर्ष एफसी इलाम भिड्ने
- तेह्रथुमको म्याङलुङ स्पोर्टिङ पॉचथरमा जारी त्रिशाली गोल्डकपको उपाधि नजिक
- पथरी एघार पॉचथरमा जारी त्रिशाली गोल्डकपको सेमिफाइनलमा प्रवेश