झापा । पाहुना टोली ललितपुरको सुनकोठी सिटी एफसी झापा अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आयोजित दोस्रो नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज दमकको ध्रुवतारा स्पोर्टिङ क्लबमाथि सहज जित निकाल्दै सुनकोठीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
दमकमाथि सुनकोठीले ३-० गोलले पराजित गरेको हो । सुनकोठीका लागि हिसुव थपलियाले व्यक्तिगत २ गोल गर्दा पदम भट्टराईले थप गोल गरेका थिए । सुनाकोठीले पाएको पेनाल्टीमा हिसुव थपलियाको प्रहार दमकका गोलरक्षक आयुश लिम्बूले बचाउ गर्दा उनी ह्याट्रिक गर्न चुकेका थिए ।
खेलको म्यान अफ दी म्याच सुनाकोठीका हिसुव थपलिया भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा र आयोजक नमुना सामुदायिक युवा क्लबका अध्यक्ष आरके महतराले नगद २ हजार प्रदान गरे ।
नेपाल, भारत र अमेरिकाका ८ टिमको सहभागिता रहेको प्रतियोगितामा भोलि आयोजकले भारतको एबीसीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ पाउँदा उपविजेताले नगद ५१ हजार १११ र ट्रफी पाउने आयोजकले जनाएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा