News सहज जितका साथ सुनाकोठी सेमिफाइनलमा
रमेश समदर्शी

झापा । पाहुना टोली ललितपुरको सुनकोठी सिटी एफसी झापा अर्जुनधारा ९ स्थित नमुना खेलमैदानमा आयोजित दोस्रो नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज दमकको ध्रुवतारा स्पोर्टिङ क्लबमाथि सहज जित निकाल्दै सुनकोठीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

दमकमाथि सुनकोठीले ३-० गोलले पराजित गरेको हो । सुनकोठीका लागि हिसुव थपलियाले व्यक्तिगत २ गोल गर्दा पदम भट्टराईले थप गोल गरेका थिए । सुनाकोठीले पाएको पेनाल्टीमा हिसुव थपलियाको प्रहार दमकका गोलरक्षक आयुश लिम्बूले बचाउ गर्दा उनी ह्याट्रिक गर्न चुकेका थिए । 

खेलको म्यान अफ दी म्याच सुनाकोठीका हिसुव थपलिया भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा र आयोजक नमुना सामुदायिक युवा क्लबका अध्यक्ष आरके महतराले नगद २ हजार प्रदान गरे । 

नेपाल, भारत र अमेरिकाका ८ टिमको सहभागिता रहेको प्रतियोगितामा भोलि आयोजकले भारतको एबीसीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ पाउँदा उपविजेताले नगद ५१ हजार १११ र ट्रफी पाउने आयोजकले जनाएको छ ।

Post Comments