News फिफा विश्वकपमा क्रोएशियाको सुखद समापन
गोलनेपाल

काठमाडौं (एजेन्सी) । गत संस्करणको उपविजेता क्रोएशियाले यसपटक फिफा विश्वकपमा फाइनलमा स्थान बनाउन चुके पनि शनिबार तेस्रो स्थान हासिल गर्दै कतार विश्वकपको यात्रा भने सुखद रुपमा समापन गरेको छ ।

दोहा स्थित खलिफा इन्टरनेशनल स्टेडियममा भएको तेस्रो स्थानको प्ले अफ म्याचमा क्रोएशियाले मोरक्कोमाथि २–१ को जित निकाल्यो । खेलमा शुरुवाती अग्रता पनि क्रोएशियाले नै लिएको थियो ।

खेलको सातौं मिनटमै जोस्को गार्डिओलले क्रोएशियाका लागि पहिलो गोल फर्काए । तर त्यसको दुई मिनट लगतै मोरक्को खेलमा फर्किएको थियो । अचरफ दारीले मोरक्कोका लागि बराबरी गोल फर्काए ।

तर पहिलो हाफ कै ४२औं मिनटमा मिस्लाव ओर्सिकले क्रोएशियाका लागि दोस्रो गोल गरे । जुन खेलको अन्तिम तथा निर्णायक गोल पनि बन्यो । स्मरण रहोस, सेमिफाइनलमा क्रोएशियाले अर्जेन्टिनासँग हार बेहोरेको थियो भने मोरक्कोले फ्रान्ससँग पराजयको सामना गरेको थियो ।

 

Post Comments