News शिर्षताको होडमा किरनको टोली पञ्जाबको दावेदारी पनि कायम
गोलनेपाल

काठमाडौं । चर्चित हिरो हाई लिगमा राम्रो प्रदर्शन गरिरहेका नेपालका नम्बर एक गोलरक्षक तथा कप्तान किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसीले शिर्षताको होडमा आफ्नो दावेदारी पनि कायम राखेको छ ।

यस सिजनको आठौं खेलमा आफ्नो पाँचौं जित निकाल्ने क्रममा पञ्जाबले गोकुलम केरलामाथि १–० को जित निकाल्यो र शिर्षताको होडमा आफूलाई कायम राख्यो । खेलको ७५औं मिनटमा लुका माजसेनले गरेको एक मात्र गोल पञ्जाबले महत्वपूर्ण तीन अंक दिलाउन प्रर्याप्त बन्यो ।

उता किरनको पनि यो लगातार तेस्रो खेलमा क्लिन शिट थियो । यो नतिजापछि ८ खेलबाट १७ अंक जोडेको पञ्जाब दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको श्रीनिदी डेक्कन १९ अंकका साथ शिर्ष स्थानमा छ । त्यस्तै पञ्जाबसँग पराजित केरला भने १५ अंकका साथ लिगतालिकाको चौथो स्थानमा छ ।

पञ्जाबले आफ्नो आगामी खेल जनवरी ८ तारीखका दिन नेरोकासँग खेल्ने कार्यक्रम छ ।

Post Comments