News एनकासा फुटसल कप हुँदै
गोलनेपाल

काठमाडौं । लोकप्रिय बनेको इण्डोर खेल फुटसलतर्फ यहि पौष ७ देखि ९ गतेसम्म प्रथम एनकासा फुटसल कप हुने भएको छ । पेप्सीकोला स्थित बैजन्ती फुटसलमा हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा रहेको पनि आयोजकले ज ानकारी दियो ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने टोलीहरुका लागि टिमदर्ता खुला रहेको र टिमदर्ता शुल्क ५ हजार रहेको पनि आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments