झापा । झापाको अर्जुनधारामा सम्पन्न दोस्रो नमुना च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि नमुना एफसीले चुमेको छ । अर्जुनधारा नगरपालिकाको ९ नम्बर वडास्थित नमुना खेलमैदानमा भएको आजको फाइनल खेलमा आयोजक नमुना एफसीले उपाधि चुमेको हो ।
नेपाल टुरमा रहेको भुटनिज युथ स्पोर्टस क्लब (बीवाइएससी) अमेरिकालाई रोक्दै आयोजक नमुना एफसी विजेता बनेको हो । आजको फाइनल खेलमा आयोजकले बीवाइएससीलाई सडनडेथमा ८-७ गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
निर्धारित ९० मिनेटको समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि टाइब्रेकर रोजिएको थियो । सडनडेथमा बीवाइएससीका देश्वान पेटरसन र डिएलोको प्रहार आयोजकका गोलरक्षक मनोज प्रधानले रोकेको थिए भने आयोजकका सौरभ सुब्बाको प्रहार बीवाइएससीका गोलरक्षक पुजन थापामगरले रोकेका थिए ।
फाइनल खेलको म्यान अफ दी म्याच आयोजकका पेमा तामाङ घोषित भए । उनले नगद २ हजार ५ सय प्राप्त गरे । प्रतियोगिताका बेस्ट फरवार्ड बीवाइएससीका धिरज थाजाली, बेस्ट मिड फिल्डर आयोजकका पुजन उपरकोटी, बेस्ट डिफेन्डर बीवाइएससीका हेक्टोर र बेस्ट किप्पर आयोजकका मनोज प्रधान घाषित हुँदा राइजिङ प्लेयर आयोजकका सौगात गोम्देन घोषित भए । उनीहरुले जनही नगद पाँच पाँच हजार पाए ।
प्रतियोगिताभरिका उत्कृष्ट खेलाडी आयोजकका देवेन्द्र तामाङ घोषितहुँदै नगद १५ हजार पाए । प्रतियागिताको आयोजना नमुना सामुदायिक युवा क्लबले गरेको हो । विजेताले नगद १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले नगद ५१ हजार १११ रुपैयाँ र ट्रफी पाएका छन् ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक