News उपाधि होड मै मनाङ
गोलनेपाल

काठमाडौं । डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा आफ्नो उपाधि होडलाई कायम राखेको छ ।

बुधबार एन्फा कम्प्लेक्समा भएको एक मात्र भिडन्तमा मनाङले गत संस्करणको उपविजेता संकटामाथि ३–० को एकतर्फी जित निकाल्यो । खेलको ४१औं मिनटमा संकटाका अमित तामाङले आत्मघाती गोल गर्दा मनाङले पहिलो अग्रता बनाएको थियो ।

त्यसलगतै ४३औं मिनटमा अन्जन बिष्टले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफसम्म मनाङले खेलमा २–० को अग्रता बनायो । त्यस्तै तेस्रो गोल भने दोस्रो हाफको मध्यतिर ७१औं मिनटमा निशान लिम्बुले गर्दै टोलीको प्रभावशाली जित पक्का गरे । खेलमा मनाङ कै अन्जन बिष्ट म्यान अफ द म्याच घोषित भए ।

यो जितपछि ९ खेलबाट १९ अंक जोडेको मनाङ तेस्रो स्थानमा छ । समान अंक भए तापनि गोल भिन्नताका आधारमा मच्छिन्द्र दोस्रो स्थानमा छ भने २० अंकका साथ आर्मी शिर्ष स्थानमा छ । उता पराजित संकटा १२ अंकका साथ आठौं स्थानमा छ ।

 

Post Comments