News फ्रेण्डसको जितमा उत्तमको निर्णायक गोल
गोलनेपाल

काठमाडौं । यसै सिजन फ्रेण्डस क्लबमा आवद्ध भएर उत्कृष्ट प्रदर्शन गरिरहेकाका भारतीय खेलाडी उत्तम राई निर्णायक बन्दा फ्रेण्डस क्लबले बिहीबार ए डिभिजन लिगमा रोमाञ्चक जित हात पारेको छ ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा फ्रेण्डसले च्यासल युथ क्लबलाई १–०को झिनो अन्तरले हरायो । फ्रेण्डसको जितमा ८४ओं मिनटमा उत्तम राईको सटिक प्रयास नै खेलको निर्णायक गोल बन्यो ।

त्यतिबेला फ्रेण्डसले फ्रिकिकको अवसर पाएको थियो । जुन अवसरलाई विश्व अधिकारीले प्रहार गरे तापनि त्यो बल च्यासलका गोलरक्षक एलन न्यौपानेले रोकेका थिए ।

यद्यपि रिबाउण्ड भएको सोही बललाई उत्तमले छरितो रुपमा पोष्टको जाली चुमाएका थिए । लिगमा फ्रेण्डसको यो तेस्रो जित हो । यो जितसँगै फ्रेण्डसको ९ खेलबाट ११ अंक भएको छ । उता पराजित च्यासलको ९ अंक छ ।

 

Post Comments