काठमाडौं । अर्को महिना बंगलादेशमा हुन गईरहेको साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागिता जनाउन बन्द प्रशिक्षणमा रहेको नेपाली यु–२० महिला फुटबल टोलीबाट ११ खेलाडी बाहिरिएका छन् । सो कुराको पुष्टी अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको पनि छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा जारी बन्द प्रशिक्षणबाट टोलीका मुख्य प्रशिक्षक यम प्रसाद गुरुङले ११ खेलाडीहरुलाई बाहिर निकालेका हुन् । योसँगै अब बन्द प्रशिक्षणमा कुल ३० खेलाडीहरु छन् । टोलीको फाइनल स्क्वाड पनि छिटै घोषणा हुन सक्ने अनुमान गरिएको छ ।
स्मरण रहोस, साफ यु–२० महिला च्याम्पियनसिप आउँदो माघ २० देखि २६ गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटान गरी दक्षिण एसियाका चार टोलीहरुले सहभागिता जनाउने छन् ।
बन्द प्रशिक्षणमा रहेका नेपाल यु–२० महिला फुटबल टोली
गोलकिपर्सः कबिता बिक, साबित्री किसन, लिला जोशी, पुजा थापा, सुजाता तामाङ
डिफेन्डर्सः सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलन, दिव्या यसमाली मगर, प्रतिक्षा चौधरी, गंगा रोकाया
मिडफिल्डर्सः कुमारी तामाङ, तुलसा बोहरा, सुष्मा जिटी, कुसुम खतिवडा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिति राई, अन्जली माचामसी, सरस्वती हमाल, हिमा रावत, दिपा शाही
फरवार्डसः गरिमा राई, अमिषा कार्की, ममता पुन, अन्जली चन्द, सदिपा भोलन
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”