News पवित्रहाङ्मा कप माघ तेस्रो सातादेखि
गोलनेपाल

माङसेबुङ । किराँत धर्म गुरुआमा साँवा पवित्रहाङमाको ६७औं जन्मोत्सवको अवसर पारी आउँदो माघ २३ देखि फागुन ३ गतेसम्म १३औं पवित्रहाङमा कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

माङ्सेबुङ–५, इलाम स्थित आत्मानन्द रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल र भारतका गरि कुल १० टोलीहरुले सहभागिता जनाउने छन् ।

आत्मा पवित्र हक्चात यक्चुम, माङ्सेबुङ–५, इलामको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,००,१६७ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,००,१६७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । त्यस्तै खेलकुद प्रतियोगिता अन्तरगत म्याराथन, हाँडी फुटाउने, म्युजिकल चेयर, लठ्ठा तान्ने, फूलमाला दौड लगायत अन्य विभिन्न खेलकुद कार्यक्रमहरुको आयोजना पनि आयोजकले जनाएको छ ।

Post Comments