News रुपन्देहीमा अनन्त तामाङलाई लिस्नुको भव्य स्वागत
सुरज राना मगर

तिलोत्तमा । नेपालको राष्ट्रिय फुटबल टोलीमा आफ्नो अमिट छाप र बलियो उपस्थिति बनाईसकेका स्टार डिफेन्डर अनन्त तामाङलाई रुपन्देही जिल्लामा भव्य स्वागत गरिएको छ ।

रुपन्देहीको फुटबलमा आफ्नो विशेष पहिचान बनाईसकेको लिस्नु युवा क्लब, कोटिहवाले अनन्तलाई एक कार्यक्रमका बीच भव्य स्वागत गरेको हो । अनन्तलाई क्लबका अध्यक्ष तिर्थराज मल्ल लगायत क्लबका अन्य पदाधिकारीहरुले स्वागत गरेका थिए ।

कोटिहवा स्थित पशुपति माविको प्राङ्गणमा भएको सो कार्यक्रममा अनन्तले लिस्नु युवा क्लबका पदाधिकारीहरु तथा खेलाडीहरुसँग भेटघाट, साक्षात्कार र अन्तरक्रिया गरेका थिए । सो अवसरमा अनन्तले लिस्नुका पदाधिकारीसँग फुटबल सम्बन्धी समसमयिक विषयमा कुराकानी र अनुभव आदान प्रदान गर्नुका साथै क्लबको न्यानो स्वागत र सत्कारप्रति धन्यवाद र आभार प्रकट गरेका थिए ।

स्मरण रहोस, रुपन्देही जिल्ला कै पुरानो मध्ये एक लिस्नु युवा क्लबले वार्षिक रुपमा राष्ट्रियस्तर मै पहिचान बनाएको लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिता पनि आयोजना गर्दै आइरहेको छ । साथै क्लबले विभिन्न सामाजिक कार्यहरु पनि निरन्तर गर्दै आइरहेको छ ।

Post Comments