News प्रथम राप्ती फुटबल कप पौष २७ देखि (खेलतालिकासहित)
गोलनेपाल

राप्ती । पिप्ले युवा समाज, राप्ती–१, पिप्ले, चितवनको आयोजनामा यहि पौष २७ गतेदेखि प्रथम राप्ती फुटबल खुला नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।

राप्ती–१ पिप्ले स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भईसकेको आयोजकले जानकारी दियो । साथै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल पौष २७ गतेका दिन आयोजक पिप्ले युवा समाज र बसन्तपुर युनाइटेड क्लबबीच हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो माघ ६ गतेका दिन हुनेछ ।

Post Comments