News फराकिलो जितका साथ न्यु सयपत्री फाइनलमा
गोलनेपाल

धर्मदेवी । फराकिलो जित निकाल्दै न्यु सयपत्री युवा क्लब यहाँ जारी पाँचौं टुबोर्ग आङ्गबुरा कप सेभेन ए साईड महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

संखुवासभाको धर्मदेवी–७ स्थित स्थानीय खेलमैदानमा भएको दोस्रो सेमिफाइनलमा न्यु सयपत्रीले याक्खा चौक युवा समूहलाई शून्यका विरुद्ध ६ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

न्यू सयपत्रीको जितमा रजना जिमीले ह्याट्रिक गरिन् । त्यस्तै सन्जना दर्जी, प्रमीला जिमी र मनकुमारी जिमीले एक–एक गोल गरे । अब न्यु सयपत्रीले फाइनलमा माघ १ गतेका दिन सक्रिय क्लबसँग उपाधिका लागि भिड्नेछ । सक्रियले पहिलो सेमिफाइनलमा आयोजक न्यु युवा क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

न्यु युवा क्लब, धर्मदेवी नगरपालिका–७, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार १०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १२ हजार १०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments