News
आठौं पाङमा कपः सितलपाटी र सेकाहा फाइनलमा भिड्ने

खाँदबारी । आठौं पाङमा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सितलपाटी फुटबल क्लब र सेकाहा फुटबल क्लब भिड्ने भएका छन् ।
आइतबार भएको पहिलो सेमिफाइनलमा सितलपाटीले तुम्लिङटार एफसीलाई पेनाल्टी शुटआउटमा ४–३ले हराउँदै उपाधि नजिक पुगेको हो । खेलमा सितलपाटीका सुर्य थापा म्यान अफ दि म्याच चुनिए ।
दोस्रो सेमिफाइनलमा सेकाहाले आदर्श युथ क्लबलाई पेनाल्टी शुटआउटमा ४–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । खेलमा सेकाहाका गोलरक्षक असिब राई म्यान अफ दि म्याच घोषित भए ।
अब यही पुष १ गते सोमबार हुने फाइनलमा सितलपाटी र सेकाहा उपाधिका लागि भिड्ने छन् । लोहोरुङ क्लब, खाँदबारी–४, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
Post Comments
Related News