
मादी । हाङथाना स्र्पोटिङ युथ क्लब, मादी–९, फाबिङ, भोजपुरको आयोजनामा पुषे मेलाको अवसर पारी पुष २५ देखि २९ गतेसम्म खुला पुरुष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
मादी–९, फाबिङ स्थित आयोजक क्लब कै खेलमैदानमा हुने प्रतियोगिताको पुरुषतर्फ विजेताले उपाधिसहित नगद ६१,१६१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ४१,१४१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि २१,१२१ रुपैयाँ प्राप्त गर्नेछ ।
त्यसैगरी महिलातर्फको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै पुरुष र महिलातर्फको विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
त्यसबाहेक सोही अवसरमा भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता र विविध साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रको पनि आयोजना गरिने आयोजकले जनाएको छ ।