News २३औं गोधुली रनिङ्ग कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

धरान । सुनसरी जिल्ला कै पुरानो प्रतियोगिता मध्ये एक २३औं टुबोर्ग गोधुली कप रनिङ्ग कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

यहि पौष ३० गतेदेखि माघ १४ गतेसम्म चल्ने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । धरान–१६ स्थित धरान रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा धरान–१३ र धरान–५ भिड्ने छन् ।

गोधुली क्लब, धरानको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक नगद पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगितामा धरानका कुल २० टोलीहरुको सहभागिता रहेको छ ।

 

 

Post Comments