News फराकिलो जितका साथ वार्ड नम्बर ९ सेमिफाइनलमा
गोलनेपाल

इलाम । फराकिलो जितका साथ वार्ड नम्बर ९ यहाँ जारी इलाम नगर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टुंडिखेल मैदानमा भएको पहिलो क्वाटरफाइनलतर्फ वार्ड नम्बर ९ ले वार्ड नम्बर १द्द माथि ७–० को फराकिलो जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

वार्ड नम्बर ९ का लागि बिशाल खवास, मनिष थापा र प्रबिन राईले समान दुई–दुई गोल गरे । त्यस्तै थप एक गोल प्रदिप बिष्टले गरे । खेलमा वार्ड नम्बर ९ कै प्रबिन राई म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत पौष ३० गते शनिबारको दोस्रो क्वाटरफाइनल खेल वार्ड नम्बर ६ र वार्ड नम्बर ७ बीच हुने आयोजकले जानकारी दियो ।

नगद खेलकुद विकास समिति, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो माघ ७ गतेका दिन हुनेछ ।

Post Comments