News पञ्चकन्या, हाङथुम र दाजुभाई सेमिफाइनलमा
गोलनेपाल

धर्मदेवी । पञ्चकन्या युवा क्लब, हाङथुम क्लब र दाजुभाई स्र्पोटिङ क्लब यहाँ जारी पाँचौं टुबोर्ग आङ्गबुरा कप सेभेन ए साईड पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

धर्मदेवी नगरपालिका–७ स्थित स्थानीय खेलमैदानमा सम्पन्न दोस्रो क्वाटरफाइनलमा पञ्चकन्याले रियल लसुने क्लबलाई २–० ले हरायो । पञ्चकन्याका लागि असिम लिम्बु र जीवन मगरले गोल गरे । खेलमा असिम लिम्बु खेलको म्यान अफ द म्याच समेत चुनिए ।

त्यस्तै अर्को क्वाटरफाइनलमा हाङथुमले मिरमिरे युवा क्लबलाई ३–१ ले हरायो । हाङथुमका लागि पदम भट्टराईले ह्याट्रिक गरे । मिरमिरेका लागि अनिल जिमीले एक मात्र गोल फर्काए । खेलमा हाङथुमका लागि ह्याट्रिक गरेका पदम भट्टराई म्यान अफ द म्याच चुनिए ।

अन्तिम क्वाटरफाइनलमा दाजुभाईले चेवा सामुदायिक विकास क्लबलाई ३–१ ले हरायो । चेवाका लागि दिवस श्रेष्ठले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाए पनि दाजुभाईले उत्कृष्ट पूनःरागमन गर्यो । दाजुभाईका लागि निरज परियारले दुई गोल गरे भने थप एक गोल पासाङ तामाङले गरे । निरज परियार खेलको म्यान अफ द म्याच पनि चुनिए ।

न्यु युवा क्लब, धर्मदेवी–७, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ १ गतेका दिन हुनेछ ।

Post Comments