News एएफएफ च्याम्पियनसिप फाइनलको पहिलो लेगमा भियतनाम र थाइल्याण्डको रोमाञ्चक बराबरी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुबीच हुने एएफएफ च्याम्पियनसिपको १४औं संस्करणको फाइनलतर्फ पहिलो लेगको खेल रोमाञ्चक बराबरीमा सकिएको छ ।

साउथईष्ट एसियन फुटबल फेडरेशनका सदस्य राष्ट्रहरुबीच हरेक दुई वर्षमा आयोजना हुँदै आएको प्रतियोगिताको १४औं संस्करणको फाइनलमा यसपटक साविक विजेता थाइल्याण्ड र भियतनाम भिड्दै छन् ।

फाइनलको पहिलो लेगतर्फ भियतनामको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै निर्णायक भिडन्त दोस्रो लेग मै हुने पक्का गरे । दोस्रो लेगको निर्णायक फाइनल भिडन्त थाइल्याण्डको घरेलु मैदानमा सोमबार हुनेछ ।

स्मरण रहोस, फाइनल प्रवेश गर्ने क्रममा भियतनामले इण्डोनेसियालाई समग्रमा २–० को अग्रताले हराएको थियो भने थाइल्याण्डले मलेसियामाथि दुई लेगमा ३–१ को अग्रता बनाउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

Post Comments