News मच्छिन्द्रसँग छिरिङको सम्झौता पनि नवीकरण
गोलनेपाल

काठमाडौं । लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले आफ्नो अनुभवी खेलाडी छिरिङ गुरुङ्गसँगको सम्झौता पनि नवीकरण गरेको छ । मच्छिन्द्रले गत सिजन लगातार दोस्रोपटक ए डिभिजन लिग जित्दा गुरुङ्ग पनि टोलीका महत्वपूर्ण सदस्य थिए ।

छिरिङ्गसँग सम्झौता नवीकरण गरिएकोबारे मच्छिन्द्रले आफ्नो सामाजिक सञ्जालमार्फत घोषणा पनि गरेको छ । मच्छिन्द र छिरिङ्गबीच भएको सम्झौता अवधी र पारिश्रमिकबारे भने खुलाइएको छैन ।

लगातार दोस्रो लिग उपाधि जित्ने योजनामा रहेको मच्छिन्द्रले नयाँ सिजनका लागि भनेर टिम सेट तयार पार्ने कामलाई तीव्र पारेको छ । क्लबले देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, बिमल घर्ती मगर, बिशाल श्रेष्ठ जस्ता चर्चित खेलाडीहरुसँग पनि सम्झौता नवीकरण गरेको छ ।

स्मरण रहोस, अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो फागुन १९ गतेदेखि शहिद स्मारक ए डिभिजन लिग आयोजना गर्ने तय गरेको छ । लिग यसपटक डबल राउण्ड रोबिनका आधारमा हुने पनि एन्फाले जनाएको छ ।

Post Comments