News हाङथुङ र पञ्चकन्या उपाधिका लागि भिड्ने
गोलनेपाल

धर्मदेवी । संखुवासभाको धर्मदेवी नगरपालिकामा जारी टुबोर्ग पाँचौं आङबुरा कप सेभेन ए साईड पुरुष फुटबल प्रतियोगिताको फाइनलमा हाङथुङ क्लब र पञ्चकन्या एफसी भिड्ने भएका छन् ।

धर्मदेवी–७ स्थित स्थानीय खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा हाङथुङले खाँदबारी एफसीलाई ३–२ ले हरायो र फाइनल स्थान पक्का गर्यो । हाङथुङका लागि सन्तोष दहाल, बिशाल जिमी र सुशिल राईले गोल गरे । उता पराजित खाँदबारीका लागि दुवै गोल उल्लास बिसुन्केले गरे । हाङथुङका सुशिल राई म्यान अफ द म्याच चुनिए ।

दोस्रो सेमिफाइनलमा पञ्चकन्याले दाजुभाई स्र्पोटिङ क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो । पञ्चकन्याका लागि सन्तोष लिम्बुले एक मात्र निर्णायक गोल गरे । लिम्बु नै खेलको म्यान अफ द म्याच समेत चुनिए ।

न्यु युवा क्लब, धर्मदेवी नगरपालिका–७, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १,०१,१०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ १ गते आइतबार हुँदैछ ।

Post Comments