News युएईमा नखिल गुर्खाजलाई माघे संक्रान्ती कपको उपाधि
गोलनेपाल

काठमाडौं । युएईमा रहेका आप्रवासी नेपालीहरु बीच भएको माघे संक्रान्ती कप २०२३ को उपाधि नखिल गुर्खाजले जितेको छ । फाइनलमा नखिल गुर्खाजले रोयल एफसीलाई ३–० ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको नखिल गुर्खाजले उपाधिसहित नगद १५ सय दिराम हात पार्यो भने उपविजेता रोयल एफसीले १ हजार दिरामसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

स्मरण रहोस, विजेता टोली नखिल गुर्खाजको तर्फबाट पूर्व ए डिभिजन खेलाडीहरु बिबेक बस्नेत, रोशन खड्का, सन्तोष श्रेष्ठ, सुरज गुरुङ, राजेन्द्र गैरे, नबिन बिक, मनोज लामा लगायतले खेलेका थिए ।

सुनसरी फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।

 

Post Comments