News गोधुली कपः धरान १४ को फराकिलो जित
गोलनेपाल

धरान । यहाँ जारी प्रतिष्ठित २३औं गोधुली रनिङ्ग कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितामा धरान १४ ले फराकिलो जित हात पारेको छ ।

धरान रंगशालामा भएको खेलमा वार्ड नम्बर १४ ले वार्ड नम्बर २ लाई ७–१ को फराकिलो अन्तरले हरायो । यो जितसँगै वार्ड नम्बर १४ प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । वार्ड नम्बर १४ ले क्वाटरफाइनल प्रवेशका लागि माघ ४ गते वार्ड नम्बर ६ को सामना गर्नेछ ।

गोधुली क्लब, धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । कुल २० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ १४ गतेका दिन हुनेछ ।

 

Post Comments