News साउदीसँग बराबरी खेल्दै पाकिस्तान दोस्रो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । साउदी अरबमा सम्पन्न चारदेशीय अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा दक्षिण एसियाली राष्ट्र पाकिस्तानले दोस्रो हासिल गरेको छ ।

पाकिस्तानले अन्तिम तथा निर्णायक मानिएको खेलमा बलियो आयोजक राष्ट्र साउदीसँग १–१ को बराबरी खेल्यो र अंक खोस्न सफल भयो । पाकिस्तानले यसअघि आफ्नो पहिलो खेलमा कोमोरसलाई १–० ले हराएको थियो भने दोस्रो खेलमा मौरिसससँग १–१ को बराबरी खेलेको थियो ।

चार देश सम्मिलित प्रतियोगितामा शिर्ष स्थानमा रहेर घरेलु टोली साउदी अरब च्याम्पियन बन्यो भने पाकिस्तान दोस्रो स्थानमा रहेर उपविजेता बन्न सफल भयो ।

स्मरण रहोस, फिफाको लामो प्रतिवन्ध पछि गत वर्ष मात्र अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानले महिला फुटबल टोलीलाई पनि एक्सपोजर दिन अन्तर्राष्ट्रिय फुटबलमा आफूलाई व्यस्त राख्न प्रयासरत छ ।

 

Post Comments