News ४४औं हाङथुम कप माघ १२ गतेदेखि (खेलतालिकासहित)
गोलनेपाल

मुलखर्क । श्रीपञ्चमीको अवसर पारी वार्षिक रुपमा आयोजना हुँदै आएको हाङथुम कप खुला पुरुष फुटबल प्रतियोगिताको ४४औं संस्करण यही माघ १२ देखि १६ गतेसम्म हुने भएको छ ।

हाङथुम क्लब, मादी नगरपालिका–३, मुलखर्क, संखुवासभाको आयोजनामा हुन गईरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको समेत आयोजकले जानकारी दियो ।

साथै प्रतियोगिताको खेलतालीका समेत सार्वजनिक गरिएको छ । मुलखर्क खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक हाङथुम क्लब र रियल लसुने क्लब भिड्ने छन् ।

प्रतियोगितामा कुल आठ टोलीहरु सहभागि छन् । साथै आधिकारिक मिडिया पार्टनर समेत रहेको गोलनेपालले प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments