News घरेलु टोली सुस्ता क्वाटरफाइनलमा
सुरज राना मगर

नर्सही । उत्कृष्ट जितका साथ घरेलु टोली सुस्ता–११ यहाँ जारी तेस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सुस्ता गाउँपालिका–४, नर्सही स्थित स्थानीय खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ सुस्ताले साझा युवा क्लब, रामग्राम–१२ लाई शून्यका विरुद्ध ३ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलमा सुस्ताका गोलरक्षक राहुल मुखिया म्यान अफ द म्याच घोषित भए । उनलाई खेलका विशिष्ठ अतिथी अशोक कुमार गुरुङ्गले ट्रफीसहित पुरस्कृत गरे । सुस्ताले क्वाटरफाइनलमा माघ १५ गतेका दिन फोर ब्रदर्श एफसीसँग खेल्नेछ ।

प्रतियोगिता अन्तरगत माघ १२ गते बिहीबारको प्रिक्वाटरफाइनल खेल राइजिङ्ग स्टार, भूमही र विनयी त्रिवेणी, त्रिवेणी बीच हुने प्रतियोगिता संयोजक समराज गुरुङ्गले जानकारी दिए ।

सुस्ता गाउँपालिकाको आयोजना तथा सुस्ता गाउँपालिका वार्ड नम्बर ४, नर्सही, नवलपरासीको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्ने सुस्ता वार्ड नम्बर ४ का वार्ड अध्यक्ष निल बहादुर गुरुङ्गले बताए ।

कुुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने यही आउँदो माघ २१ गतेका दिन हुनेछ ।

Post Comments