News सातौं सुर्यनगर गोल्डकप माघ २५ देखि
सुरज राना मगर

बर्दघाट । नवलपरासी जिल्ला कै सर्वाधिक धनराशी रहेको सुर्यनगर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सातौं संस्करण यही माघ २५ देखि फागुन ७ गतेसम्म हुने भएको छ ।

श्री नव युवा क्लब, बर्दघाट–१६, नवलपरासीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको मैदान मर्मत, व्यवस्थान, प्रचारप्रसार लगायतका आवश्यक तयारीहरु पनि शुरु भईसकेको आयोजकले जनाएको छ ।

बर्दघाट–१६ स्थित आयोजक कै सुर्यनगर रंगशालामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अमर आलेले बताए ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिने अध्यक्ष आलेले जानकारी दिए । प्रतियोगिताबाट यस वर्ष पनि राष्ट्रियस्तरका कुल १२ टोलीहरुको सहभागिता रहने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।

Post Comments