News न्यु हिउचुली सुस्ता अध्यक्ष कपको सेमिफाइनलमा
गोलनेपाल

नर्सही । न्यु हिउचुली युवा क्लब, बोहिया यहाँ जारी तेस्रो सुस्ता अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुस्ता गाउँपालिका–४, नर्सही स्थित स्थानीय खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलमा न्यु हिउचुलीले भूपू सैनिक क्लब, बुटवललाई २–१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलमा न्यु हिउचुलीका हिमाल थापा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत माघ १५ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल घरेलु टोली सुस्ता–११ र फोर ब्रदर्श एफसीबीच हुने प्रचार प्रसार संयोजक सरोज गुरुङ्गले बताए ।

सुस्ता गाउँपालिकाको आयोजना तथा सुस्ता गाउँपालिका वार्ड नम्बर ४ नर्सहीको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्ने खेल संयोजक समराज गुरुङ्गले जानकारी दिए । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ २१ गतेका दिन हुनेछ ।

Post Comments