News मैत्रीपुर्ण खेलमा इटहरी–७ लाई सफलता
गोलनेपाल

इटहरी । एन.टि.भी, इटहरी च्यानल, सुनसरीको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल म्याचमा इटहरी महानगरपालिका वार्ड नम्बर ७ को टोली विजयी भएको छ ।

इटहरी रंगशालामा भएको खेलमा इटहरी–७ ले आयोजक एन.टि.भी. इटहरी च्यानललाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजयी बनेको हो । इटहरी–७ का जय नारायण चौधरीले दुवै गोल गरे ।

खेलको उत्कृष्ट खेलाडी पनि इटहरी–७ कै जय नारायण चौधरी घोषित भए । विजयी टोली इटहरी–७ ले ट्रफीसहित १० हजार हात पार्यो भने एन.टि.भी.ले ५ हजारसहित ट्रफी प्राप्त गर्यो ।

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी इटहरी महानगरपालिका वार्ड नम्ब ६ का वार्ड अध्यक्ष दिवस पोख्रेल लगायतका अन्य अतिथीहरले पुरस्कृत गरेका थिए ।

 

Post Comments