News छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप चैत्र ९ देखि
गोलनेपाल

भोजपुर । जिल्ला कै प्रतिष्ठित छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिता आगामी चैत्र ९ देखि १५ गतेसम्म हुने भएको छ ।

भोजपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगिताका लागि आवश्यक तयारी र प्रचार प्रसारको काम शुरु भईसकेको आयोजकले जानकारी दियो ।

भोजपुर नगरपालिका, भोजपुरको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

भोजपुर जिल्ला कै प्रतिष्ठाका रुपमा रहेको प्रतियोगिता यसपटक पनि सभ्य र भव्य रुपमा सम्पन्न गर्न सबैको साथ, सहयोगको अपेक्षा गरिएको पनि आयोजक भोजपुर जिल्ला फुटबल संघले बतायो ।

 

Post Comments