News दोस्रो सोनापुर गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

दुहबी । मेमोरी युवा क्लब, दुहबी–८, सुनसरीको आयोजनामा यही माघ २१ गतेदेखि शुरु हुन गईरहेको दोस्रो सोनापुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

दुहबी–८ स्थित सोनापुर प्लटिङ्ग खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । जसअनुसार माघ २१ गते शनिबारको उद्घाटन खेल दमक फुटबल एकेडेमी, झापा र पूर्वाञ्चल युनाइटेड क्लब, मोरङबीच हुने तय भएको छ ।

एशियन थाई फुड्स प्रा.लि., दुहबी–८, सोनापुरको मुख्य प्रायोजन तथा मारुती ग्याँस उद्योग, दुहबी–८ सोनापुरको प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

दुहबी नगरपालिका, सुनसरीको संयोजन तथा दुहबी नगरपालिका वार्ड नम्बर ८, सोनापुरको सह–संयोजनमा हुने प्रतियोगितामा कुल आठ टोलीहरु सहभागि छन् । फाइनल खेल यही माघ २८ गतेका दिन हुनेछ ।

साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपालले डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।

Post Comments