News दुधौली मेयर कपः वार्ड नम्बर ४ क्वाटरफाइनलमा
गोलनेपाल

बोक्से । रोमाञ्चक जितका साथ वार्ड नम्बर ४ यहाँ जारी दुधौली मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बहुमुखी क्याम्पसको खेलमैदानमा सम्पन्न खेलमा वार्ड नम्बर ४ का लागि सुजित अधिकारी र सञ्जिव धामीले गोल गरे । उता पराजित वार्ड नम्बर १० का लागि मिलन राईले एक मात्र गोल गरे । खेलमा वार्ड नम्बर ४ का सञ्जिव धामी म्यान अफ द म्याच घोषित भए ।

दुधौली नगरपालिका, सिन्धुलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने माघ २३ गतेका दिन हुनेछ ।

Post Comments