खाम्लालुङ (तेह्रथुम) । झापाको शिवसताक्षी नगरपालिकाको महिला फुटबल टोली यहाँ जारी गजेन्द्र इस्वो स्मृति रनिङ कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा बाजी मार्दै शिवसताक्षीले फाइनल यात्रा तय गरेको हो ।
आठराई गाउँपालिका २ खाम्लालुङस्थित कालिका आधारभूत विद्यालयको खेलमैदानमा भएको खेलमा शिवसताक्षीले टाइब्रेकरमा ४-२ गोलले म्याङलुङ स्लेपोिटर्घलाई पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि टाइब्रेकर रोजिएको थियो ।
टाइब्रेकरमा शिवसताक्षीकी खुश्मा राई, सारा दाहाल, प्रिस्किला तुम्बापो र सोनु थेगिमको प्रहार गोलमा परिणत हुँदा गंगा राईको प्रहार म्याङलुङकी गोलरक्षक मनिता राईले रोकेकी थिइन् ।
यस्तै, मनिता तुम्रोक र भूमिका राईको प्रहार गोलमा परिणत हुँदा सन्ध्या राई र तिर्था लिम्बूको प्रहार शिवसताक्षीकी गोलरक्षक सुजाता श्रेष्ठले रोकेकी थिइन् ।
सोमबार हुने फाइनल खेलमा महिलातर्फको विजेताले नगद ६० हजार र उपविजेताले नगद ४० हजार पाउनेछ । आठराई गाउँपालिका र २ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा भएको पुरुषतर्फको प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाख पाउनेछ ।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि