News अपराजित बंगलादेश बन्यो च्याम्पियन, नेपालको यात्रा उपविजेता मै सिमित
गोलनेपाल

काठमाडौं । बिहीबार सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपको उपाधि घरेलु टोली बंगलादेशले जितेको छ । प्रतियोगिता भरि अपराजित रहेको बंगलादेशले फाइनलमा नेपाललाई हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

ढाका स्थित बिर श्रेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको खेलमा बंगलादेशले नेपालमाथि ३–० को पभावशाली जित निकाल्यो र उपाधि चुम्न सफल भयो । स्मरण रहोस, बंगलादेशले नेपाललाई लिग चरणको पहिलो खेलमा पनि ३–१ ले हराएको थियो ।

बंगलादेशको समग्रमा यो तेस्रो उपाधि समेत हो । यसअघि बंगलादेशले सन् २०१८ मा यही प्रतियोगिता साफ यु–१८ महिला च्याम्पियनसिपका रुपमा र दुई वर्ष घरमै भएको साफ यु–१९ महिला च्याम्पियनसिपका रुपमा जितेको थियो ।

गत फेब्रअरी ३ तारीखदेखि शुरु भएको यस संस्करणको प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत र भुटान गरी दक्षिण एसियाका कुल चार टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments