News मच्छिन्द्रको जितमा बिमलको दुई गोल
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग खेल्ने तयारीमा रहेका शिर्ष क्लबहरु अहिले त्यसको तयारी स्वरुप धमाधम मैत्रीपूर्ण खेलहरुमा व्यस्त छन् । यसैक्रममा लिग उपाधि जोगाउने अभियानमा रहेको च्याम्पियन मच्छिन्द्रले एक मैत्रीपूर्ण खेलमा नयुरोडटिम (एनआरटी) लाई हराएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मच्छिन्द्रले एनआरटीमाथि २–० को जित निकालेको हो । मच्छिन्द्रका लागि दुवै गोल बिमल घर्ती मगरले गरे ।

स्मरण रहोस, यस वर्षको बहुप्रतिक्षित ए डिभिजन लिग आउँदो फागुन १९ गतेदेखि शुरु हुँदैछ । जसअन्तरगत मच्छिन्द्रले आफ्नो पहिलो खेल फागुन २१ गतेका दिन दशरथ रंगशालामा जावलाखेल युथ क्लबसँग खेल्ने कार्यक्रम छ भने सोही दिन च्यासल स्टेडियममा एनआरटीले सातदोबाटो युथ क्लबसँग खेल्नेछ ।

Post Comments