News विपी स्मृति क्लब नवयुवा कपको क्वाटरफाइनलमा
सुरज राना मगर

ठुटिपिपल । विपी स्मृति क्लब, नवलपरासी जारी १०औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ विपीले न्यु युथ क्लब, पाल्पालाई टाईब्रेकरमा ५–४ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । यद्यपि टाईब्रेकरमा भने बिपी स्मृतिले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा विपी स्मृतिका गोलरक्षक राहुल मुखिया म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत माघ २८ गते शनिबारको खेल सौभाग्य युवा क्लब र हिमाल युवा क्लबबीच हुने प्रचार प्रसार संयोजक बिष्णु बराल मगरले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष चन्द्र गुरुङ्गले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भने फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments