News एभनिर स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकपको सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । सहज जितका साथ दावेदार मध्ये एक एभनिर एफसी, क्यामरुन यहाँ जारी स्थानीय तह शहिद स्मृति पाँचौं मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो क्वाटरफाइनलमा एभनिरले बिरगंज युनाइटेडलाई २–० ले हराउँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । पिप्ले क्याम्पा रंगशालामा भएको खेलको ३९औं मिनटमा यानिकको गोलबाट एभनिरले खेलमा अग्रता लिएको थियो । ७५औं मिनटमा शाबाले दोस्रो गोल गर्दै अफ्रिकी टोलीको जित सुनिश्चित गरे ।

खेलमा बिरगंजका उमेश कार्की म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन ४ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल दुई विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १२ गतेका दिन हुनेछ ।

Post Comments