News नेपाल आइपुगे जगजित
गोलनेपाल

काठमाडौं । पछिल्लो समय अष्ट्रेलिया मै बस्दै आइरहेका नेपालका अन्तर्राष्ट्रिय खेलाडी जगजित श्रेष्ठ शहिद स्मारक ए डिभिजन लिग खेल्न कै लागि नेपाल फर्किएका छन् । जगजितले केही साता अघि मात्रै आफू नेपाल फर्किन लागेको कुरा आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

नेपाल आइपुगेका जगजितलाई विमानस्थलमा आर्मीका नियमित कप्तान र उनकै निकटतम साथी भरत खवासले लिन पुगेका थिए । जगजितले यस सिजन पनि त्रिभुवन आर्मी फुटबल क्लब कै लागि लिग खेल्नेछन् । त्यसका लागि उनले क्लबसँग सम्झौता गरिसकेको बताइएको छ । स्मरण रहोस, जगजितले गत सिजन पनि ए डिभिजन लिग आर्मी कै लागि खेलेका थिए ।

बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिग यही फागुन १९ गतेदेखि शुरु हुँदैछ । आर्मीले लिगको आफ्नो पहिलो खेलमा फागुन २१ गतेका दिन संकटा क्लबसँग खेल्दै लिग सिजनको शुरुवात गर्नेछ ।

Post Comments