News सतीपिपल फाइनलमा, उपाधिका लागि हरमटारीसँग भिड्ने
गोलनेपाल

गोरखा । सतीपिपल क्लब यहाँ जारी सातौं गोरखाली रनिङ्ग कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा खोपलाङ्ग एफसीलाई १–४ ले हराउँदै सतीपिपलले आयोजक हरमटारी क्लबसँगको फाइनल भेट पक्का गरेको हो ।

हरमटारी रंगशालामा भएको खेलमा सतीपपलका लागि विक्की चाम्लिङ राईले दुई गोल गरे । त्यस्तै टिम्बा टिम्बा र कृपा चौधरीले थप एक–एक गोल गरे । उता पराजित खोपलाङका लागि समिन थापाले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा सतीपिपलका विक्की चाम्लिङ राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी प्राप्त गरे ।

सतीपिपलले आजै उपाधिका लागि आयोजक हरमटारी क्लबसँग फाइनल खेल्नेछ । गोरखा जिल्ला कै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

 

Post Comments