तेह्रथुम जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप पुरुष फुटबल प्रतियोगितामा सोमबार आठराई गाउँपालिकाको ए टिम सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम क्वाटरफाइनल खेलमा आठराई गाउँपालिकाले महादेव आधारभूत विद्यालय ह्वाकुलाई १-० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । पहिलो हाफको १७औँ मिनेटमा आठराई गाउँपालिकाका सुनिल चोङबाङले गोल गर्दै अग्रता दिलाएका थिए । सुनिलको गोल नै आठराईका लागि निर्णायक बन्यो ।
भोलि प्रगतिशील तमु युवा समाज ह्वाकु र फेदाप खेलकुद विकास समितिबीच पहिलो सेमिफाइनल खेल हुनेछ भने नव कोपिला युवा क्लबले आठराई गाउँपालिकाको ए टिमसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
रनिङ कपअन्तर्गत पुरुष तथा महिला फुटबल र पुरुषतर्फ भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
अध्यक्ष कपको फाइनल खेल फागुन २४ गते हुनेछ । पुरुषतर्फको फुटबल विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख तथा महिलातर्फको विजेता ६० हजार, उपविजेताले नगद ४० हजार प्राप्त गर्नेछन् ।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि