News पुलिसको जितमा कप्तान भरतको निर्णायक गोल
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार भएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले झिनो अन्तरको जित निकाल्दै लिगतालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा पुलिसले ब्रीगेड ब्वाईज क्लब (बीबीसी) लाई १–० ले हरायो । पुलिसका लागि कप्तान भरत साह निर्णायक रहे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफतर्फ ३०औं मिनटमा साहले गरेको एक मात्र गोल पुलिसलाई महत्वपूर्ण ३ अंक दिलाउन प्रर्याप्त बन्यो ।

खेलको म्यान अफ द म्याच भने पुलिसका तेज तामाङ घोषित भए । यो जितपछि ११ खेलबाट १७ अंक जोडेको पुलिस पाँचौं स्थानमा छ । उता पराजित बीबीसी भने ८ अंकका साथ ११औं स्थानमा छ ।

Post Comments